होमपेज > टीभीएस मोटर्सको अपाचे आरआर ३१० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक

टीभीएस मोटर्सको अपाचे आरआर ३१० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक

बिज्ञापन
बिज्ञापन

टीभीएस मोटर्सले अपाचे आरआर ३१० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

बिज्ञापन

कम्पनीले भारतीय बजारमा आफ्नो प्रिमियम स्पोर्टस मोटरसाइकल अपाचे आरआर ३१० को अपडेट भर्सन ‘एड्भान्स टेक्नोलोजी’ र ‘सेग्मेन्ट फ्रस्ट’ फिचरका साथ तीन भेरियन्टमा सार्वजनिक गरेको हो । कम्पनीले टीभीएस अपाचे सिरिजको २० वर्ष र ६० लाख ग्राहक पुगेको अवसरमा आरआर ३१० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गरेको हो ।

बिज्ञापन

एड्भान्स टेक्नोलोजी र सुरक्षालाई मध्यनजर गरि रेसिङ पर्फमेन्सका लागि लन्च कट्रोल सिस्टम, ट्रनिङका लागि आर्टी डीएससी, मल्टि ल्यांग्वेज सपोर्ट गर्ने जेन टु रेस कम्प्युटर सिस्टम, सिक्वेन्सियल टर्न सिग्नल इन्डिकेटर (टीएसएल) र नयाँ ८ स्पोक अलोय ह्वील जस्ता आधुनिक फिचरहरू थपिएको छ ।

त्यसैगरी, ट्रयाक, स्पोर्टस्, अर्बान र रेन गरी चार राइड मोड, नयाँ कस्टमाइजेसन अप्सन र नयाँ कलर स्कीम पनि पाउन सकिन्छ । यो मोटरसाइकलमा ३१२.२ सीसी ओबीडी टूबी, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डीओएचसी, बीएस ६, रिभर्स इनक्लाइन्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३८ ब्रेकहर्स पावर तथा २९ एनएम टर्क जेनेरेट गर्छ ।

बिज्ञापन

कम्पनीले भारतमा यसको सुरूवाती मूल्य २ लाख ७७ हजार ९९९ भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते