चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफा ९० करोड रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ८.८४ प्रतिशतले घटेको हो । गत वर्ष ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २४.१२ प्रतिशतले घटेपछि खुद नाफा पनि प्रभावित भएको हो । चैत मसान्तसम्म खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
बिज्ञापन
यसको चुक्ता पुँजी २१अर्ब ६० करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ५३ पैसाले घटेर ६ रुपैयाँ ९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ८१ पैसा छ ।








