होमपेज > १४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

बिज्ञापन
बिज्ञापन

सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १४.८० प्रतिशत बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बिज्ञापन

चालु आर्थिक वर्षको चैतसम्म बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ९ प्रतिशत बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ ।

बिज्ञापन

यस आधारमा बैंकको लाभांश वितरण क्षमता प्रतिसेयर १८।९२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको यस्तो नाफा ७५ करोड ६८ लाख रुपैयाँ थियो । बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३५ प्रतिशत छ । चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोष ३.९८ प्रतिशत बढेर ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.४१ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ८.५८ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ गरेको छ ।बैंकको खराब कर्जा भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते