होमपेज > नयाँ स्मार्टफोन रेडमी ए५ नेपाली बजारमा सार्वजनिक: कति पर्छ मूल्य?

नयाँ स्मार्टफोन रेडमी ए५ नेपाली बजारमा सार्वजनिक: कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

स्मार्टफोनको दुनियाँमा नयाँ क्रान्ति ल्याउने उद्देश्यसहित शाओमी नेपालले आफ्नो बजेट सेग्मेन्टको नयाँ स्मार्टफोन रेडमी ए५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आकर्षक डिजाइन, दमदार क्यामेरा, लामो ब्याट्री ब्याकअप विशेषतासहित यो स्मार्टफोन ‘खुसीको ग्यारेन्टी, २ वर्ष वारेन्टी’ ट्यागलाइनका साथ शाओमी नेपालले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

बिज्ञापन

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भन्छन्, “नेपालमा रेडमी ए ५ प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ । अत्याधुनिक सुविधा भएको रेडमी ए ५ सबैको पहुँचमा पुगोस् र दैनिक जीवनका आवश्यकता पूरा गर्न सहज होस् भनी यो फोन लञ्च गरिएको हो ।”

यस्ता छन् रेडमी ए५ का विशेषताहरुः

बिज्ञापन

रेडमी ए५ मा ३२ मेगापिक्सेलको डुअल एआई क्यामेरा सिस्टम र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रातको समयमा समेत अनुहार उज्यालो देखाउने ‘फिल लाइट’ सहितको सेल्फी अनुभवले सेल्फी प्रेमीलाई लोभ्याउनेछ । साथै नयाँ वाटरमार्क फिचरले फोटोमा व्यक्तिगत स्पर्श थप्नेछ ।

यस्तै ६।८८ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, आधुनिक फ्ल्याट फ्रेम र ८.२६ मिमी पातलो बनावटले रेडमी ए५ लाई थप आकर्षक बनाएको छ । यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध छ । साथै यस फोनको तौल १९३ ग्राम मात्रै रहेको छ ।

फोनमा रहेको ५२०० एमएएच ब्याट्रीले १।४५ दिनको प्रयोग समय दिन्छ भने १५ वाट फास्ट चार्जिङ सपोर्टले छोटो समयमा चार्ज हुन्छ । युनिसोक टी७२५० ओक्टा–कोर प्रोसेसर र ८ जीबीसम्मको डायनामिक मेमोरी विस्तारका साथ फोनले एन्टुटु बेन्चमार्कमा २ लाख ६० हजारभन्दा बढी स्कोर हासिल गरेको छ । शाओमीको सशक्त परीक्षणमा उत्तीर्ण रेडमी ए५ एन्ड्रोइड १५ गो एडिसनमा आधारित छ ।

फोन ३/६४ जीबी भेरिएन्टमा १० हजार ९९९ रुपैयाँमा र ४/१२८ जीबी भेरिएन्टमा ११ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । सम्पूर्ण रेड्मीका स्टोरहरू र अधिकृत खुद्रा विक्रेतामार्फत नेपालभर बिक्री सुरु भइसकेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते