प्रभु बैंकको नाफामा सामान्य मात्र सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ ।
बिज्ञापन
जुन गत वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशत मात्र धेरै हो । कम्पनीको खुद ब्याज आम्दानी १६.०४ प्रतिशत र सञ्चालन नाफा ३.८५ प्रतिशतले घटेको छ । यद्दपि, गत वर्षको तुलनामा गैर सञ्चालन खर्चमा कमी र भविष्यका असुल गर्न सकिने आयकरको रकम (डिफर्ड ट्याक्स) बढेपछि खुद नाफामा झिनो सुधार देखिएको हो ।
बिज्ञापन
यस बैंकको खराब कर्जा ०.२८ प्रतिशत विन्दुले बढेर ५.०९ प्रतिशत पुगेको छ । खराब कर्जा व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको बैंकले जनाएको छ । प्रतिशेयर आम्दानी ३७ पैसाले बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा छ । चैत मसान्तसम्म आइपुग्दा प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।
यसको जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ ।








