हिमालयन बैंक लिमिटेडले ११ जना संस्थापक शेयरधनीहरूको स्वामित्वको ५ लाख ३ हजार ७८२ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई बिक्रीमा राखेको छ।
बिज्ञापन
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कमलादीस्थित बैंकको कानून विभागमा निवेदन दिनु पर्नेछ। बिक्रेताअनुसार शेयरको मूल्य फरक भएकाले सोको जानकारीका लागि केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
बिज्ञापन
साथै तोकिएको म्यादभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।








