लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २१ लख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको
बिज्ञापन
२.२४ प्रतिशतले धेरै हो । गतआर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ रहेको थियो । बैैकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ७।३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्बबाट घटेर ३ अर्ब १९ करोड रहेको छ ।
बिज्ञापन
बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको बैकको जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ । बैंकको खराब कर्जा ५.८६ प्रतिशत छ ।








