नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ स्थिर छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








