चालु आर्थिक वर्षको चैत महिनामासम्म एनआईसी एशिया बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले घटेको हो ।
बिज्ञापन
गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको वितरण योग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख २ हजार रुपैयाँ ऋणात्मक छ ।
बिज्ञापन
२ खर्ब ९४ अर्ब ६ करोड १ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।








