होमपेज > पानी पार्ने प्रणाली पश्चिम भूभागबाट पूर्वतिर सर्दै, दाङ देउखुरीमा सबैभन्दा बढी वर्षा

पानी पार्ने प्रणाली पश्चिम भूभागबाट पूर्वतिर सर्दै, दाङ देउखुरीमा सबैभन्दा बढी वर्षा

बिज्ञापन
बिज्ञापन

पानी पार्ने प्रणाली पश्चिम नेपालका भूभागबाट पूर्वतिर सरिरहेको छ । यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ । बागमतीको काठमाडौं उपत्यकामा आज बिहानैदेखि फाटफुट पानी परिरहेको छ ।

बिज्ञापन

पछिल्लो एक घण्टायता दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ ।

बिज्ञापन

यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ । यसैगरी दाङको सदरमुकाम घोराही, रोल्पाको लिवाङ र प्युठानको स्वर्गद्वारीमा पनि पानी परेको छ । ६ घण्टा अघिसम्म कर्णाली र सदूरपश्चिमका जिल्लामा पनि राम्रो वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । त्यसको प्रभावले मेघगर्जनरचट्याङसहित पानी पार्ने प्रणाली विकसित भएको छ । यो प्रणाली पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।

बिज्ञापन

६ घण्टा अघिसम्म सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका स्थानमा मेघगर्जनरचट्याङ्ग सहित पानी परेको थियो । सो प्रणाली पूर्वतिर सर्दै कर्णाली र हुँदै लम्बिनी आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीले गण्डकीसम्म पानी पार्ने सम्भावना छ ।

आज काठमाडौंमा पनि डम्म बादल लागेको छ । बिहानैदेखि फाटफुट पानी पनि परिरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते