होमपेज > बीवाईडीले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

बीवाईडीले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

बिज्ञापन
बिज्ञापन

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।

बिज्ञापन

अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो। यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ -जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी-फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित गरेको कम्पनीको भनाइ छ । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”

बिज्ञापन

पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बीवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वर्ल्ड कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने बताइएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते