सिटिजन्स इन्टरनेशनल बैंकको शाखा संख्या छिट्टै २०० वटा पुग्दैछ । काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंकले हाल देशभर १९९ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिज्ञापन
सिटिजन्स बैंकले पछिल्लोपटक खोटाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो । ‘अहिले देशभर १९९ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका छौँ’ बैंकका हेड डिपोजिट मार्केटिङ पारसविक्रम थापाले भने, ‘अब चाँडै हाम्रो शाखा २०० वटा पुग्दैछ ।’ ग्राहकको मागअनुसार शाखा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।
बिज्ञापन
अहिले सिटिजन्स बैंकको शाखाहरु सातै प्रदेशका ६३ वटा जिल्लामा छन् । यी शाखाबाहेक सिटीजन बैंकले १६८ वटा एटीएम बुथबाट २४सैं घण्टा सेवा प्रदान गर्दै आएको छ । सिटिजन्सको बैंकको बागमती प्रदेशमा मात्र ५५ वटा शाखा रहेका छन् । यस्तै, लुम्बिनीमा ५१ वटा शाखा रहेका छन् भने कोशी प्रदेशमा २६, मधेशमा २८, गण्डकीमा १५, कर्णालीमा ११ र सुदुरपश्चिम प्रदेशमा १० वटा सिटीजन बैंकको शाखा कार्यालय रहेको हेड डिपोजिट मार्केटिङ थापाले जानकारी दिए ।
उनका अनुसार सिटीजन बैंकको ३५ वटा बचत प्रोडक्टहरु छन् । ग्राहकलाई अधित्तम सेवा र सन्तुष्टि प्रदान गर्ने हेतुले विभिन्न शिर्षकका बचत खाताहरु सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । ‘सबै वर्ग र समूहलाई लक्षित गर्दै बैंकले विभिन्न बचत खाताहरु सञ्चालन गर्दै आएको हो’, थापाले भने ।
बिज्ञापन
सिटिजन्स बैंकले महिला, बच्चा, बृद्ध र बैदेशिक रोजगारीमा रहेकाहरुलाई लक्षित गर्दै बेग्ला बेग्लै बचत खाताहरु सञ्चालन गर्दै आएको छ । साथै, सिटिजन्स बैंकले कर्णालीको जनताका लागि बग्लै बचत खाता सञ्चालन गर्दै आएको थापाले बताए ।
उनका अनुसार सिटिजन्स बैंकमा जिरो ब्यालेन्सदेखि तीन लाख रुपैयाँसम्ममा खाता सञ्चालनमा ल्याउने सुविधा छ । बैंकले खाता खोल्नेवित्तिकै निःशल्क एटिएम ९डेभिड कार्ड० र चेक उपलब्ध गराउँछ ।
साथै, सिटिजन्स बैंकले मोबाइल बैकिङ र इन्टरनेट बैंकिङ सुविधा पनि निःशुल्क प्रदान गर्दै आएको छ । ब्याजदरसमेत उच्च प्रदान गर्दै आएको बैंकले जनाएको छ । ‘बचतकर्तालाई बजारमा चलेअनुसार ब्याजदर प्रदान गर्दै आएका छौँ’ हेड डिपोजिट मार्केटिङ थापाले भने, ‘हाम्रो ब्याजदर उच्च नै छ ।’ सिटिजन्स बैंकको अर्को आर्कषक सेवा सुविधा भनेको दुर्घटना तथा अस्पताल विमा पनि हो ।
सिटिजन्स बैंकमा खाता खोल्नेवित्तिकै ग्राहकले एक वर्षका लागि ५० हजार रुपैयाँ बराबरको अस्पताल बिमा पाउने गर्छन् भने दुर्घटनामा मृत्यु भएको खण्डमा पाँच लाख रुपैयाँ विमा उपलब्ध गराउँदै आएको छ । नेपाल लाइफ इन्स्युरेन्ससको सहकार्यमा सिटिजन्स बैंकले विमा दिँदै आएको हो । यो सेवा सुविधा देशभरका शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।








