होमपेज > कुमारी बैंकको ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना सार्वजनिक

कुमारी बैंकको ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना सार्वजनिक

बिज्ञापन
बिज्ञापन

कुमारी बैंकले ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक उपहार जित्ने छन् ।

बिज्ञापन

जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहारसमेत रहेको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डिरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ ।

बिज्ञापन

यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आइफोन १६ का लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्येका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरूप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ वैशाख २०८२ देखि ३१ वैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।

यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोनपे डिरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले राखेको छ ।

बिज्ञापन

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते