साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९.७५ अंकले बढेको छ । यस दिन २.६९८ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
आज १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ । ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता शेयर ६४ हजार ३ सय ६० पटक खरिदबिक्री हुँदा सात अर्ब २६ करोड५१ लाख २२ हजार २ सय ४१ बराबरको कारोबार भएको छ ।
बिज्ञापन
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








