होमपेज > ‘करेन्ट चाउचाउ’ उत्पादक यशोदा फुड्सको वार्षिक व्यापार साढे १८ प्रतिशतले बढ्यो

‘करेन्ट चाउचाउ’ उत्पादक यशोदा फुड्सको वार्षिक व्यापार साढे १८ प्रतिशतले बढ्यो

बिज्ञापन
बिज्ञापन

करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक पुगेको छ । सन २०२३ को तुलनामा सन २०२४ मा कम्पनीको व्यापार १८.४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो । कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ।

बिज्ञापन

अघिल्लो वर्ष अर्थात सन २०२३ मा यशोदा फुड्सको व्यापार ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ थियो । त्यस्तै सन् २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल’ लिमिटेडले जनाएको छ । यशोदा फुड्सले उत्पादन गर्ने करेन्ट चाउचाउको बजारमा उच्च माग रहेको छ । मसालेदार चाउचाउको माग बढेसँगै यसको व्यापार बढेको कम्पनीले जनाएको छ।

बिज्ञापन

यशोदा फुड्स एक निजी कम्पनी हो । कम्पनीको तिलोत्तमा-१५, रुपन्देही, नेपालको उत्पादन केन्द्र रहेको छ । यसले विभिन्न प्रकारका चाउचाउ, चिजबल लगायतका वस्तु उत्पादन गर्छ । यशोदा फुड्ससँग चाउचाउ उत्पादन गर्न सक्ने क्षमता वार्षिक ४२ हजार टन छ । स्न्याक्स् सेग्मेन्टअन्तर्गत कम्पनीको क्षमता वार्षिक ४ हजार ५०० टन पुयाइएको छ ।

यशोदा फुड्सले आफ्नै देशमा नेपाली किसानहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्द्रुक, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायतका विभिन्न कृषि उपज प्रयोग गरी करेन्ट चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ ।

बिज्ञापन

यशोदा फुड्ले करेन्ट ब्रान्डमा चाउचाउ, चिजबल, स्टिक्स, पोट्याटो क्र्याकर, अनियन रिङ्स, कोदो ९रागी०, रोस्टेड मखना, चिप्स, नमकिन लगायत उत्पादन गर्दै आएको छ । नेपाली बजारमा यसोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले झनै लोकिप्रिय बन्दै गएको छ । स्वदेशमै उत्पादित साम्रगी र खाद्यान्न प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउ पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग आउन थालेको यसोदा फुड्सको दाबी छ ।

९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोगगरी अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको कम्पनीले स्वदेशका साथै अन्तराष्ट्रिय बजारमा समेत व्यापार विस्तार गर्दै लगेको छ । नेपाली उपभोक्ताको पहिलो रोजाईंमा परेको कम्पनीको ‘करेन्ट चाउचाउ’ अहिले विभिन्न २२ मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कम्पनीको वार्षिक टर्नओभर एक सय करोड रुपैयाँभन्दा माथि रहेको पनि कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार करेन्ट चाउचाउ भारत, अस्ट्रेलिया र अमेरिका लगायत झण्डै २ दर्जन मुलुकमा पनि निर्यात हुन थालेको छ । अहिले भारत, क्यानडा, सिंगापुर, बहराइन, अष्ट्रेलिया, कुवेत, दुबईरयुएई, जापान, संयुक्त अधिराज्य, इटाली, मलेसिया, कोरिया, भुटान, हङकङ, कतार, न्यूजील्याण्ड, केम्यान टापुहरू तथा पपुवा न्यू गिनीमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ ।

कम्पनी गत वर्ष आफ्नै स्वामित्वको यशोदा नुडल्स् एण्ड स्न्याक्स प्रालिलाई यशोदा फुड्समा गाभेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ्सकाअनुसार कम्पनीले २ अर्ब रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ ।

सन २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा तहल्का पिटिरहेको छ । आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि कम्पनीले थप कारखाना विस्तार गरेको छ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना संचालनमा ल्याएको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते