होमपेज > शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय

शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय

बिज्ञापन
बिज्ञापन

शिक्षकहरूले उठान गरेका मागहरू सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तयार देखिएको छ । विभिन्न माग अघि सारेर विगत १२ दिनदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूका माग सम्बोधन गर्न मन्त्रालय तयार देखिएको हो ।

बिज्ञापन

उनीहरूले उठान गरेका मागहरू सम्बोधन गर्दै आजै शिक्षकहरू सहमतिको प्रयास भइरहेको छ । शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार आजै शिक्षकहरूले उठान गरेका मागका विषयमा सम्झौता गर्ने तयारी भइरहेको हो ।

बिज्ञापन

‘आज एक खालको ड्राफ्ट तयार पारेर नयाँ शैक्षिक सत्र सुरु हुने बेला घर फर्किने गरी तयारी भइरहेको छ । वैशाख २ गते घर फर्किने गरी काम भइरहेको छ,’ ती अधिकारीले भने । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । सरकारले वार्तामा आउन पटक–पटक आग्रह गरे पनि उनीहरू वार्ताभन्दा पनि ऐन चाहिएको भन्दै वार्तामा बस्न मानेका छैनन् ।

त्यसपछि शिक्षा सचिव डा।दीपक काफ्लेले चैत २७ गते नेपाल शिक्षक महासङ्घलाई पत्र पठाएर विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न बोलाएका थिए । त्यसपछि चैत २८ गते महासङ्घ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा चार सदस्यीय समिति बनेको थियो । उक्त समितिले शिक्षामन्त्री भट्टराईसहित शिक्षा मन्त्रालयका अधिकारीहरूसँग निरन्तर छलफल गर्दै आएका छन् ।

बिज्ञापन

पहिलो दिन महासङ्घले शिक्षा मन्त्रालयलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । ती विषय सम्बोधन गर्न सरकार तयार भएको खण्डमा मात्रै वार्तामा बस्ने अडान लिएको थियो । महासंघले नयाँ ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो रु भन्ने विषयमा सरकारको प्रष्टता खोजेका थिए । त्यस्तै विगतमा सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिला गरेको रु त्यसको समेत ठोस जवाफ माग गरेका थिए ।

शिक्षामन्त्री भट्टराई शिक्षकहरूले उठान गरेका माग सम्बोधनका विषयमा निकै गम्भीर देखिएकी छन् । पहिलो दिन उनीहरू तीन घण्टाभन्दा बढी समय छलफलमा बसेका थिए । पहिलो दिनको छलफलका क्रममा महासङ्घ प्रतिनिधिहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्नुपर्ने विषय डेढ वर्षसम्म किन समाधान हुन नसकेको भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि शिक्षामन्त्री भट्टराईले हरेक विषयलाई सम्बोधनको प्रक्रिया अगाडि बढाएकी हुन् । शिक्षा मन्त्रालय तथा अन्तर मन्त्रालय बीचको समन्वय हुने सूचीहरू बनाएर सोही अनुसार अगाडि बढाएकी हुन् । शिक्षा मन्त्रालयले प्रारम्भिक बाल विकास ९इसीडी० शिक्षकको विषय, शिक्षक अस्पताल बनाउने विषय, शिक्षकको सञ्चित बिदा, राहत, ग्रेड मिलाउने विषय आउँदो बजेटमा समावेश गर्ने गरी गृहकार्य बढाएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार अर्थ मन्त्रालयसँग समन्वय गरेर आगामी वर्षको बजेटमा नै ती विषयहरू सम्बोधन गर्ने गरी गृहकार्य अघि बढेको हो । शिक्षकहरूले अन्य सेवा सुविधा पनि निजामती अनुसार नै हुनुपर्ने माग राख्दै आएका छन् । ती विषय सम्बोधनका लागि समेत मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको ती अधिकारीको भनाइ छ ।

शिक्षा मन्त्रालय र सरकारले सम्बोधन गर्नुपर्ने विषय समाधान भएपछि मात्रै सरकारसँग वार्तामा बस्ने उनीहरूको अडान छ । शिक्षकहरूको आन्दोलन चर्किरहेको बेला संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले समेत विधेयकमाथिको छलफलमा तीव्रता दिएको छ । जसले गर्दा सरकारसँग सहमति भएको खण्डमा विधेयकमाथिको वार्तामा बस्न उनीहरू तयार देखिएका हुन् ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते