सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
बैंकले १४ हजार ३१२ कित्ता संस्थापक शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
बिज्ञापन
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।








