होमपेज > दिनभर घटेको नेप्से अन्तिममा बढ्यो, ५ अर्ब ३० करोडको कारोबार

दिनभर घटेको नेप्से अन्तिममा बढ्यो, ५ अर्ब ३० करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर घटेको थियो । तर बजार बन्द हुँदा भने शेयर बजार बढेर बन्द भएको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकाएर बिदा भएपछि अर्को गभर्नर को आउन टुंगो नलागेका कारण बजार घटेको अनुमानका बीच आज भने बजार झिनो अंकाले बढेको छ । आज नेप्से १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा परिसूचक पुगेको छ । आज बजार झिनो अंकले बढ्दा ५ अर्ब ३० करोड ९५ लाख ६९ हजार रुपैयाँ बरबरको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर कारोबार भएको छ ।

बिज्ञापन

आज दिनभरमा १२१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ५३ हजार ४९२ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढेर ७ हजार ५९.५७ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेर १३६४.३३ विन्दुमा पुगेको छ ।

बिज्ञापन

त्यस्तै, फाइनान्स ०.९२ प्रतिशतले, लघुवित्त ०.१६ प्रतिशतले, निर्जीवन बीमा ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.९१ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी अन्य समूह ०.६१ प्रतिशतले घटेर २ हजार ४४६.३२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१६ विन्दुमा पुगेको छ ।

साथै, विकास बैंक ०.३५ प्रतिशतले, होटल तथा पर्यटन ०.५४ प्रतिशतले, होइड्रोपावर ०.२२ प्रतिशतले, लगानी ०.२८ प्रतिशतले र जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते