होमपेज > के तपाईं ईभी किन्ने सोचमा हुनुहुन्छ? ६०-७५ लाख बजेटमा यी नयाँ इलेक्ट्रिक गाडी किन्ने सक्नुहुन्छ, यस्ता छन् विशेषता र सबल पक्षहरू

के तपाईं ईभी किन्ने सोचमा हुनुहुन्छ? ६०-७५ लाख बजेटमा यी नयाँ इलेक्ट्रिक गाडी किन्ने सक्नुहुन्छ, यस्ता छन् विशेषता र सबल पक्षहरू

बिज्ञापन
बिज्ञापन

नेपाली सडकको दुरावस्थालाई मध्यनजर गर्दा कतिपयको ध्यान एसयूभी गाडीतर्फ गइरहेको हुन्छ । यस्तोमा नयाँ इलेक्ट्रिक एसयूभी किन्ने सोच बन्यो भने कुन लिने होला ?

बिज्ञापन

यो सेग्मेन्टमा अहिले बजारमा विभिन्न ब्रान्ड तथा मोडेलका एसयूभी ईभीहरू उपलब्ध छन् । त्यस मध्ये पनि दिपाल एस०७, आयोन भी, बीवाईडी एटो ३, ओमोडा र जेको प्रमुख विकल्पहरू हुन् । प्रत्येक गाडीका आफ्नै विशेषता र सबल पक्षहरू छन् ।

बिज्ञापन

दिपाल एस०७

बिज्ञापन

दिपाल एस०७ लाई हेर्ने हो भने यसको लम्बाई ४,७५० एमएम, चौडाई १,९३० एमएम, र उचाई १,६२५ एमएम रहेको छ । यसको ह्विलबेस २,९०० एमएम छ । जसले गर्दा भित्री भाग फराकिलो पाउन सम्भव बनाएको छ ।

यसमा चालक वा यात्रुतिर ढल्काउन मिल्ने १५.६ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र मनोरम सनरुफ पनि छ । ९९ किलोवाटको मोटर रहेको यो ईभीमा ६६.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने उल्लेख छ ।

डीसी फास्ट चार्जिङले यो ब्याट्रीलाई ३०५ बाट ८०५ सम्म लगभग ३५ मिनेटमा चार्ज गर्न सक्छ । सुरक्षाका लागि ६ ओटा एयरब्याग, तातो र चिसो दुवै हावा दिनसक्ने सिटहरू, र १७५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । तर, यसमा मसाज सिट भने छैन । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ ।

आयोन भी

आयोन भीलाई नियाल्ने हो भने यसको लम्बाई ४,६०५ एमएम, चौडाई १,८५४ एमएम, र उचाई १,६६० एमएम छ । आधुनिक डिजाइनको यो ईभीमा १९ इन्चको मल्टि(स्पोक एलोय ह्विल र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा तातो र हावादार लेदरेट सिटहरू छन् । अझ लक्जरी भेरियन्टमा जाने हो भने स्मार्ट रेफ्रिजरेटर र फुड वार्मर पनि उपलब्ध छ । यसमा सिसाको छत राखिएको छ । गाडीमा सुरक्षाका लागि ७ ओटा एयरब्याग रहेका छन् । यसको मूल्य भने ६४ लाख ९९ हजारदेखि ६९ लाख ९९ हजार रुपैयाँ छ । जसमा ६५० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ ।

बीवाईडी एट्टो थ्री

बीवाईडी एट्टो ३ मा तपाईँले ४,४५५ एमएम लम्बाइ, १,८७५ एमएम चौडाइ र १,६१५ एमएम उचाइ पाउन सक्नु हुन्छ । २,७२० एमएम ह्विलबेस रहेको यो गाडीमा १२.८ इन्चको घुम्ने टचस्क्रिन, वायरलेस चार्जिङ र प्रिमियम अडियो सिस्टम दिइएको छ । ६७ लाख ८० हजार रुपैयाँ पर्ने यो गाडीमा १०० किलोवाटको मोटर र ६०.४८ किलोवाट आवरको ब्याट्री राखिएको छ । जसले ४२० किलोमिटरसम्मको रेन्ज दिनसक्ने दाबी कम्पनीले गरेको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ । सुरक्षाका लागि ७ ओटा एयरब्याग छन् । तर, यसमा तातो र हावादार सिट, मसाज फङ्क्सन, इन-बिल्ट रेफ्रिजरेटर, र कुल्ड ग्लोभ बक्स जस्ता फिचरहरू भने पाउन सक्नु हुन्न ।

ओमोडा

ओमोडामा ९९ किलोवाटको मोटर राखिएको छ । यसको लम्बाइ ४४०० एमएम, चौडाइ १८३० एमएम र उचाइ १५८८ एमएम रहेको छ । ६१ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीले ४३० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्ने हो भने यसमा १८० एमएम पाउन सकिन्छ । ६२ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको यो ईभीको भित्री भाग उच्च गुणस्तरको छालाबाट बनेको र सफ्ट(टच पाउनु हुनेछ ।

जेको जे ६

जेको ६ मा अफ-रोड ट्रेन्डी डिजाइन पाउन सक्नु हुन्छ । यसमा १३५ किलोवाटको मोटर र ६५।६९ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले ४२६ किलोमिटरसम्मको रेन्ज दिनसक्ने उल्लेख छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो ईभीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग दिइएका छन् भने अगाडिका सिटमा भेन्टिलेसनको सुविधा रहेको छ । लम्बाइ ४४०६ एमएम, चौडाइ १९१० एमएम, र उचाइ १७१५ एमएम रहेको जेको ६को सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते