होमपेज > आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित

आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित

बिज्ञापन
बिज्ञापन

प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो अवार्ड प्रदान गरेको हो ।

बिज्ञापन

आर्थिक तथा सामाजिक संघ–संस्थाहरूको नेतृत्वमा रहेका मुलुकको अर्थतन्त्र र समाजसेवामा पुर्याएका विशिष्ट योदानबापत श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार बिहीबार काठमाडौंको र्‍याडिसन होटेलमा १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८१’ आयोजना गरी श्रेष्ठलाई प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाह, उपाध्यक्ष सुष्मा महरा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष तथा अवार्ड छनोट समितिकी संयोजक भवानी राणा, सदस्यहरू ईश्वर लाल फाउण्डेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, आईआईएफटीका अध्यक्ष फुपु तेञ्जिङ शेर्पालगायतले दोसल्ला ओढाई अवार्ड र प्रमाणपत्र प्रदान गरी सम्मान गरे ।

कर्पोरेट मिडियाले १७औँ संस्करणमा उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, इन्स्योरेन्स, सूचना प्रविधि र नवउद्यमीलगायत विभिन्न क्षेत्र समावेश गरी ११ वटा विधामा २४ वटा अवार्ड प्रदान गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते