होमपेज > दिपलको पहिलो वर्ष: ८०० बढी दिपल सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक

दिपलको पहिलो वर्ष: ८०० बढी दिपल सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नेपालको नेतृत्वदायी लक्जरी इभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धी र महत्वपूर्ण कोशेढुंगाहरु हासिल गरेर मनाएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं को लक्जरी इभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको छ । ग्राहकहरुको बेजोड साथ र सहयोगबाट एमएडब्लु वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको हो ।

बिज्ञापन

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ ।

बिज्ञापन

एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो । यसअवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर’का बनाएको छ भने नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिंग राई जस्ता देशका ३० भन्दा चर्चित सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएको छ ।

साथै, दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम जस्ता हस्तीहरुलाई पनि नेपालमा ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुनसक्छ भन्ने देखाएको छ । सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।

बिज्ञापन

दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपल ब्रान्ड अझै धेरै आफ्नो ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालिन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्याउन प्रतिबद्धता जाहेर गर्दछ । साथै, आफ्नो विश्वास, उत्साह र सहयोगमार्फत अद्वितीय दिपलको पहिलो वर्षलाई अद्वितीय बनाउन योगदान पुर्याउने सबै ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर र टिमप्रति आभार प्रकट गर्दछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते