होमपेज > निसानले ५ सिटे ‘कम्प्याक्ट एसयूभी’ र नयाँ ७ सिटे ‘बी–एमपीभी’ सार्वजनिक गर्ने

निसानले ५ सिटे ‘कम्प्याक्ट एसयूभी’ र नयाँ ७ सिटे ‘बी–एमपीभी’ सार्वजनिक गर्ने

बिज्ञापन
बिज्ञापन

निसान मोटर इन्डियाले आफ्नो हालको प्रडक्ट–लाइनअपमा नयाँ ७ सिट क्षमतायुक्त ‘बी–एमपीभी’ थप्ने घोषणा गरेको छ ।

बिज्ञापन

हालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रडक्ट शोकेस इभेन्ट’ मा निसानले भारतका लागि लक्षित दुई नयाँ उत्पादन प्रदर्शन समेत गरेको थियो । यो घोषणा निसानको भारत बजारका लागि लक्षित योजना अनुरूप रहेको र यसले आफ्ना ग्राहकको बढ्दो आकांक्षा अनुसार हालका उत्पादन परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

बिज्ञापन

यस अन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी–एमपीभी, सी–एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्याग्नाइटले नेतृत्व गरेको बी–एसयूभी सेगमेन्टमा पनि उपलब्ध गराइने छ । निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा पनि यो लाइनअप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ बी–एमपीभी (मल्टि–पर्पस भेहिकल) को पहिलो पटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रडक्ट–अफेन्सिभ’ रणनीति सुरु भएको छ । बी–एमपीभी निसानको भारतको प्रडक्ट ९पोर्टफोलियोमा ब्रान्ड न्यु० सदस्यका रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

बिज्ञापन

त्यसपछि पहिले नै घोषणा गरिएको ५ सिट क्षमताको ‘सी–एसयूभी’ ९कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेहिकल० आर्थिक वर्ष २०२६ सुरुवातमा सार्वजनिक गरिने छ । कम्पनीले दुई नयाँ टिजर सार्वजनिक गरेको छ, जसले दुवै सवारीसाधनको ‘डेभलपमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बी र सी तथा डी एसयूभी सेगमेन्टका भारतीय ग्राहकका लागि ४ नयाँ उत्पादन सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।

नयाँ सी–एसयूभी निसान पेट्रोलको डिजाइनबाट प्रेरित छ । यो सी–एसयूभीले प्रतिष्ठित निसान एसयूभीको डीएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली र अत्याधुनिक प्रविधि प्रदान गर्ने छ । अर्कातर्फ, निसानको बी–एमपीभीले आफ्नो खरिदमा अधितकम लाभ खोज्ने ग्राहकलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्ने छ ।

निसानको बी–एमपीभीले निसानको विशिष्ट डिजाइन फिलोसोफीमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्दै सवारीको आनन्दमा सम्झौता नगरी सबै यात्रुका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ । भारतको वार्षिक आन्तरिक बिक्री र निर्यात १ लाख इकाईको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन कम्पनीले दुवै नयाँ उत्पादन चेन्नइस्थित ‘अलायन्स जेभी प्लान्ट’ मा स्थानीय रूपमा नै उत्पादन गर्ने छ ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै निसानले भारतमै निर्माण गरी विश्वभरि निर्यात गरिने नयाँ सी–एसयूभी पनि प्रस्तुत गर्दैछ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते