होमपेज > एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्दै आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्ताका लागि एटिएम कार्ड बिना नै एटिएमबाट रकम निकाल्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

बिज्ञापन

अब मुलुकभर फैलिएका ६७० वटा एनआईसी एशिया बैंकका एटिएमहरुमार्फत इसेवा वालेटमा रहेको रकम सहज रूपमा झिक्न सकिने भएको छ । यो सेवा डिजिटल कारोबारलाई अझ सरल र सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको बैंकले जनाएको छ ।

बिज्ञापन

यस सेवाका लागि प्रयोगकर्ताले आफ्नो इसेवा एपमार्फत  ‘Withdraw Fund’ अप्सनमा गएर ‘NIC ASIA Bank’ चयन गर्नुपर्नेछ । त्यसपछि रु। १००० देखि रु। ५००० सम्मका पूर्वनिर्धारित विकल्पमध्ये रकम छनौट गरी रिमार्क राखेर अगाडि बढ्नुपर्छ । पिन नम्बर राखेपछि प्रयोगकर्ताको मोबाइलमा एक   ‘eToken Code’ प्राप्त हुनेछ ।

उक्त कोड लिएर प्रयोगकर्ताले एनआईसी एशिया बैंकको एटिएममा गएर  ‘Cardless Withdrawal’ ’अप्सनमा प्रवेश गर्नुपर्नेछ । त्यहाँ  ‘eSewa’  विकल्प छान्दै मोबाइलमा प्राप्त ‘eToken Code’ राखेपछि प्रयोगकर्ताले आफूले तोकेको रकम प्राप्त गर्न सक्नेछन् ।

बिज्ञापन

यो सेवाले प्रयोगकर्तालाई दैनिक ५ पटकसम्म कारोबार गर्नको सुविधा दिएको छ, जसमा प्रति कारोबार रु। ५,००० सम्मको रकम निकाल्न सकिने छ। मासिक रुपमा ५० कारोबारसम्म र कुल २५,००० रुपैयाँसम्म रकम निकाल्न सकिने व्यवस्था रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते