नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७९ हजार ७००रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ। मंगलबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार २ हजार २० रुपैयाँ कायम भएको हो।








