होमपेज > बढ्यो खानेतेलको मूल्य, प्रतिलिटर कति पुग्यो?

बढ्यो खानेतेलको मूल्य, प्रतिलिटर कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो ।

बिज्ञापन

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ । गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपियाँ बढेर प्रतिलिटरको ४१० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको सङ्घले जनाएको छ। सङ्घका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपियाँमा पाइएकोमा १५ रुपियाँ बढेर प्रतिलिटर ३२५ रुपियाँमा कारोबार भएको छ ।

बिज्ञापन

सङ्घका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताउनुभयो । उद्योगीहरूले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लो समयमा नेपालबाट खानेतेलको भारत निर्यात बढेसँगै नेपालमा तेलको मूल्य बढेको बताउनुभयो । उद्योगीले भारत खानेतेल निर्यात भन्सार छुट र अग्रिम भुक्तानी हुने भएकाले निर्यात बढाएकाले यसको असर नेपाली उपभोक्तालाई परेको उहाँको भनाइ छ । भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल भारत निर्यात गरेको छ ।

बिज्ञापन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले खानेतेलको मूल्यवृद्धिका बारेमा विभाग जानकार भएको र अहिले बजारको अवस्था अध्ययन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

विभागको अनुगमनले सबै व्यापारी तथा उद्योगीलाई सहज होस् भन्ने उद्देश्य रहेकाले सकेसम्म कारबाही गर्ने अवस्था नआओस् भन्ने पक्षमा विभाग रहेको बताउँदै उहाँले पहिला यस विषयमा उद्योगी र विक्रेतालाई सचेत गराउँछौँ अटेर गरेर कानुन अनुसार कारबाही गर्छौं भन्नुभयो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते