होमपेज > डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा आवश्यकः नेपाल राष्ट्र बैंक

डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा आवश्यकः नेपाल राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा तीन तहको सुरक्षा आवश्यक रहेको बताएको छ ।

बिज्ञापन

आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवालाई सहज बनाएपनि प्रविधिको दुरुपयोग हुँदा जोखिम बढेकोले सुरक्षा आवश्यक रहेको बैंकले जानकारी दिएको छ । बैंकले प्रविधिको दुरुपयोगबाट बच्नका लागि तीन तहको उच्च सुरक्षा आवश्यक रहेको बताएको हो।

बिज्ञापन

-तीन तहका सुरक्षा तहहरु निम्न छन्ः–

तपाईलाई मात्र थाहा हुनेः यो तहले व्यक्ति आफूलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा मानिसको ज्ञान र सम्झनामा भर पर्छ ।

बिज्ञापन

तपाईसँग मात्र हुनेः यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच व्यक्ति आफूसँग मात्र हुन्छ । जस्तैः मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

तपाईको आफ्नैः यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।

बैंकले वित्तिय कारोबारका लागि प्रमाणीकरण विधिको प्रयोग गर्न र व्यक्तिगत विवरणहरु गोप्य राख्न आग्रह गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते