होमपेज > नेप्सेको सीईओमा लुइँटेल नियुक्त

नेप्सेको सीईओमा लुइँटेल नियुक्त

बिज्ञापन
बिज्ञापन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेल नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बिज्ञापन

नेप्सेको नयाँ सीईओ छनोटका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रारम्भिक चरणमा पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो। समितिले नारदकुमार लुइँटेलसँगै चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई अन्तिम चरणको प्रतिस्पर्धामा समेटेको थियो।

बिज्ञापन

पाँचै जनाले बुधबार अर्थ मन्त्रालयमा व्यक्तिगत अन्तर्वार्ता दिँदै आ(आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजना र अन्तर्वार्ताको आधारमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले लुइँटेलको नाममा टुंगो लगाएको हो। यसअघिको प्रक्रिया अनुसार अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयकै सहसचिव अमृत लम्साल र विज्ञ सदस्य खोमराज खरेल थिए।

नेप्सेमा तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ मा सकिएपछि पद खाली रहँदै आएको थियो। अब लुइँटेलले नेप्सेको सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते