अहिलेको जमानामा फिटनेस सबैको जीवनको अभिन्न अंग बनेको छ । धेरैजसो मानिसहरू आफूलाई फिट राख्नका लागि तौल घटाइरहेका छन् । अनि यसका लागि विभिन्न प्रकारका आहार पनि अपनाइरहेका छन् ।
बिज्ञापन
पछिल्लो समय सामाजिक सञ्जालमा खानपान, आहार र डाइट्सबारे अनेक जानकारी आइरहेका छन् । यस्तोमा के खानु सही हो र के चाँहि गलत हो ? भनेर थाहा पाउन धेरै गाह्रो भएको छ । तौल घटाउने लगभग सबै आहारमा फलफूल समावेश हुन्छन् । तर तौल घटाउने क्रममा खानु फलफूल खानुपर्छ वा खानु हुँदैन ? भन्ने चाँहि हामीमध्ये धेरैलाई थाहा हुँदैन ।
बिज्ञापन
एभोकाडो

बिज्ञापन
तौल घटाउने चाहनेले क्यालोरी बढी भएका फलफूल खानबाट सकेसम्म बच्नुपर्छ । एभोकाडो पनि यिनै मध्ये एक हो । करिब १०० ग्राम एभोकाडोमा झन्डै १६० क्यालोरी हुन्छ । एभोकाडो स्वस्थ बोसोको राम्रो स्रोत हो । तर यसलाई धेरै मात्रामा खाँदा तौल बढ्न सक्छ ।
नरिवलको क्रिम

नरिवल पानी स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । तर नरिवलको क्रिम धेरै मात्रामा सेवन गरियो भने यसले तौल बढाउन सक्छ । यसमा उच्च मात्रामा क्यालोरी र कार्बोहाइड्रेट हुन्छ । यस्तो अवस्थामा, तौल घटाउन खोज्नेहरू यसबाट टाढा रहनुपर्छ ।
केरा

केरा अति स्वास्थ्यकर पल हो । तर यो एउटा यस्तो फल पनि हो जुन हामी धेरै मात्रामा खान सक्दैनौँ । केरामा प्रशस्त मात्रामा क्यालोरी हुन्छ र यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी पनि हुन्छ । एउटा केरामा लगभग १५० क्यालोरी र लगभग ३७ दशमलव ५ ग्राम कार्बोहाइड्रेट हुन्छ । यस्तो अवस्थामा, दिनमा २–३ वटा केरा खाइयो भने तौल बढ्न सक्छ । दिनमा एउटा मात्र केरा खानु राम्रो हुन्छ । यसमा कम ग्लाइसेमिक इन्डेक्स छ, जसले गर्दा यो स्वास्थ्यकर खाजा पनि हो । तर यसलाई सीमित मात्रामा खानुपर्छ ।
आँप

भुँइकटहर र आँप जस्ता फलफूलहरूमा पनि राम्रो मात्रामा क्यालोरी पाइनछ । यसले लस जर्नीको बाटोमा बाधा पुर्याउन सक्छ । यी फलफूलहरू धेरै गुलियो हुने भएकाले त्यसबाट बच्नु राम्रो हुन्छ ।








