अहिले देशका धेरैजसो पहाडी भू–भागमा मेघगर्जनसहित सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिज्ञापन
आज दैलेखमा सबैभन्दा धेरै १५ मिलिमिटर वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो। पश्चिमी भू–भागको तुलनामा पूर्वि पहाडी भू–भागमा कम वर्षा भएको छ।
बिज्ञापन
काठमाण्डौ उपत्यकाका उत्तरी भू–भागहरु सुन्दरीजल, साँखु लगायतका ठाउँमा अहिले हल्का वर्षा भएको मौसमविद् अर्यालले बताउनुभयो। आज राति देशभर समान्य बदली भइ केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।
भोलि कोशी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको र भोलिदेखि मौसममा सुधार आउने मौसमविद् अर्यालले जानकारी दिनुभयो।








