नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला ९ सय रूपैयाँ बढेको छ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार स्थिर रहेर एक लाख ७४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा सुन प्रतितोला प्रतितोला १ हजार १ सय रूपैयाँ बढेर प्रतितोला एक लाख ७५ हजार २ सय रूपैयाँमा पुग्यो।
बिज्ञापन
बुधबार मंगलबारको तुलनामा सुन प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ७६ हजार रूपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य स्थिर रहेर एक लाख ७६ हजार रूपैयाँमा कारोबार भयो। त्यसैगरी निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार १ हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो भने प्रतितोला ५० रूपैयाँले घटेको महासंघको तथ्यांकले देखाएको छ।








