होमपेज > आज एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन

आज एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले निष्काशन गरेको मिचुअल फण्डको इकाई​​​​​​​मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

बिज्ञापन

क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत एमबीएल इक्विटी फण्ड नामको म्युचुअल फण्डको इकाई निष्काशन गरेको थियो। जसमा चैत ७ गते, बिहिबारसम्म आवेदन दिन सकिने छ।

बिज्ञापन

१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरिएको क्यापिटलले जानकारी दिएको छ। प्रति इकाई १० रुपैयाँमा खरिद गर्न सकिने छ। कुल निष्काशन मध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई कोष प्रबर्दक माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याइएको जनाइएको छ।

बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने क्यापिटलले उल्लेख गरेको छ। यो बन्दमुखी प्रकृति योजनाको हो। जसको अवधि १२ वर्ष रहेको छ।

बिज्ञापन

उक्त इकाईमा फागुन २२ देखि आवेदन खुलाइएको थियो। न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाई खरिदका लागि आवेदन दिन सकिने छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते