हालको आर्थिक शिथिलता र व्यापारिक क्षेत्रमा देखिएको मन्दीलाई मध्यनजर गर्दै पोखरा फाइनान्स लिमिटेडले कर्जा नियमित वा चुक्ता गर्न नसकेका ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको छ।
बिज्ञापन
यस योजनाअन्तर्गत, फाइनान्सले १८१ दिन वा सोभन्दा बढी समयदेखि भाखा नाघेका कर्जाहरूलाई लक्षित गरेको छ। ग्राहकहरूले कर्जा २०८१ साल चैत मसान्तभित्र चुक्ता वा नियमित गरेमा हर्जाना शतप्रतिशत छुट पाउनेछन्। यसका साथै, साधारण ब्याजमा समेत निश्चित प्रतिशत छुट प्रदान गरिनेछ।
बिज्ञापन
पोखरा फाइनान्स लिमिटेडको यो छुट योजना ग्राहकहरूको वित्तीय भारलाई कम गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ। यस योजनाबाट लाभान्वित हुन इच्छुक ग्राहकहरूले २०८१ साल चैत मसान्तभित्र कर्जा चुक्ता वा नियमित गर्नुपर्नेछ।









