होमपेज > नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

बिज्ञापन
बिज्ञापन

नेपाल बैंकका तीन सञ्चालकको पदमा निर्वाचन नगराउन उच्च अदालत पाटन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बिज्ञापन

मंगलबार उच्चका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले बैंकका पूर्वसञ्चालक विवेक शमशेर जबराले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

बिज्ञापन

बैंकले बुधबार सर्वसाधारण शेयरधनीका तर्फबाट तीन सञ्चालक निर्वाचित गर्ने मुख्य एजेन्डासहित साधारणसभा बोलाएको थियो। उच्चको आदेशपछि सञ्चालक पदका लागि निर्वाचन नहुने भएको छ।

जबराले शेयरधनीका तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका थिए। उनले सञ्चालक पदबाट राजीनामा दिएको ६ महिना नपुगी उम्मेदवारी दिएको भन्दै उजुरी परेपछि गत चैत १ गते निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन रद्द गरेको थियो।

बिज्ञापन

जबराले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। उच्चले दुवै पक्षबिच छलफल गराइ अन्तरिम आदेश जारी हुने नहुने निष्कर्षमा पुग्न सकिने भन्दै दुवै पक्षलाई चैत ११ गते छलफलका लागि बोलाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते