नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
सोमबार छापावाल सुन प्रतितोलाएक लाख ७४ हजार १ सय रूपैयाँमै कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला २ हजार ४० रूपैयाँमा रूपैयाँमा कारोबार भएको थियो।








