होमपेज > राजसंस्था फर्किर आउँदैन, अन्त्य भएको कुरा हो। धेरै चर्चा गरेर आत्तिनुपर्ने छैन: सिटौला

राजसंस्था फर्किर आउँदैन, अन्त्य भएको कुरा हो। धेरै चर्चा गरेर आत्तिनुपर्ने छैन: सिटौला

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

बिज्ञापन

मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन्। ‘१५/२० हजार मान्छे सडकमा आउनु, चाहियो भन्नु यो कुनै ठूलो कुरा होइन। यसका बारेमा धेरै चर्चा गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने। यसको पृष्ठभूमिमा उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको उनको भनाइ थियो।

बिज्ञापन

‘मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ बुझाइ गरेर बाहिर पठाएको हुँ र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन ? यो (राजसंस्था) फर्किर आउँदैन। अन्त्य भएको कुरा हो। धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन,’ सिटौलाले भने। नारायणहिटीबाट ज्ञानेन्द्र शाह निर्मलनिवास सर्दा सिटौला गृहमन्त्री थिए। त्यसबेला आफूले गएर ज्ञानेन्द्र शाहसँग करिब एक घण्टा बसेर कुरा गरेको सिटौलाले सुनाए।

त्यसबेला आफूले ज्ञानेन्द्रलाई सम्झाएको स्मरण गर्दै सिटौला थप्छन्, ‘राजाबारे धेरै चर्चा उठ्छ। मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु ? म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु।’ सरकारले निर्णय गरेर नागार्जुनमा बस्न दिएको भन्दै उनले सरकारले चाहे पूर्वराजालाई नागार्जुनबाट समेत हटाइदिन सक्ने बताए।

बिज्ञापन

‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालिन अवस्थामा बस्न दिएको छ। सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ’ सिटौलाले भने। साथै, पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सुरक्षा दिइरहेको पनि सिटौलाले स्मरण गरे। ‘सरकारले नै (पूर्वराजा ज्ञानेन्द्रको) सुरक्षाको बन्दोबस्त गरेको छ। त्यसैले यो बारेमा धेरै चर्चा गर्नु जाती होइन,’ उनले भने।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते