होमपेज > बढ्यो सात महिनामा बैंकहरुको शेयर धितो कर्जा, कुन बैंकले कति दिए?

बढ्यो सात महिनामा बैंकहरुको शेयर धितो कर्जा, कुन बैंकले कति दिए?

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जामा ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ लगानी भएको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ३९.८४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६६ अर्ब ५९ लाख ४३ हजार रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो।

बिज्ञापन

यसअवधिमा १७ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन्। नेपाल एसबिआई बैंकले यो अवधिमा १९५ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एसबिआई बैंकको शेयर कर्जा लगानी ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, माछापुच्छे बैंकले १९२ प्रतिशतले शेयर कर्जा लगानी बृद्धि गर्दै १ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने कुमारी बैंकले १०८ प्रतिशतले बढाएर ८ अर्ब ६४ करोड २० लाख रुपैयाँको लगानी गरेको छ। सिद्धार्थ बैंकले ७७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ र एनएमबि बैंकले ७१ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ।

बिज्ञापन

माघ मसान्तसम्ममा सबैभन्दा ठूलो कर्जा लगानी भने नबिल बैंकले गरेको छ। नबिल बैंकले यसअवधिमा १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा १०.७० प्रतिशतको वृद्धि गरेको छ। गत वर्षको सोही अवधिमा बैंकलेशेयर धितो कर्जामा ११ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको थियो।

ग्लोबल आइएमई बैंकले ११ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ र बैंकले शेयर धितो कर्जाको लगानी ७५.७२ प्रतिशतले वृद्धि गरेको जनाएको छ। अर्कोतर्फ, नेपाल बैंकले ६१ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब ७२ करोड रुपैयाँ, प्राइम बैंकले ५६ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब ५५ करोड रुपैयाँ र सिटिजन्स बैंकले ४२ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब १५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ५१ करोड, प्रभु बैंककको २९ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ३२ करोड,लक्ष्मी सनराइज बैंकको २४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १० करोड शेयर धितो कर्जामा रुपैयाँ लगानी गरेका छन्।

साथै, यसअवधिमा एनआईसि एशिया बैंकको ४३ प्रतिशत र हिमालयन बैंकको २० प्रतिशतले शेयर धितोकर्जा घटेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते