होमपेज > स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज नियुक्त

बिज्ञापन
बिज्ञापन

अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन्। सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

बिज्ञापन

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ / १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

बिज्ञापन

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए। प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो। अब व्यास नगरपालिकाका डा. काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका हुन्।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ। बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए। राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा शत प्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो। गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए।

बिज्ञापन

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए। यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन्। अर्थशास्त्रमा विद्यावारिधि डा।काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते