होमपेज > होलीको नाममा भड्किला कार्यक्रम नगर्न जिल्ला प्रशासन काठमाडौंको अनुरोध

होलीको नाममा भड्किला कार्यक्रम नगर्न जिल्ला प्रशासन काठमाडौंको अनुरोध

बिज्ञापन
बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको नाममा भड्किला कार्यक्रम नगर्न सचेत गराएको छ। प्रशासन कार्यालयले कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि अनुरोध गरेको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध गरेका छन्।

बिज्ञापन

‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिलारभड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ कानुनी व्यवस्था सम्झाउँदै प्रवक्ता पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ।’

‘तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी कसैको इच्छा विपरीत पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्नरनगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ।

बिज्ञापन

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन काठमाडौं प्रशासनले अनुरोध गरेको छ । तर कोही कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते