होमपेज > बागमतीमा बोराभित्र राखेर शव फालिएको घटनामा थप एक व्यक्ति पक्राउ

बागमतीमा बोराभित्र राखेर शव फालिएको घटनामा थप एक व्यक्ति पक्राउ

बिज्ञापन
बिज्ञापन

बोरामा प्याक गरेर बागमती नदीमा शव फालिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा पेम्बा तामाङ नाम गरेका व्यक्ति छन्। उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। यो सँगै पक्राउ पर्नेहरुको संख्या ६ पुगेको छ।

बिज्ञापन

यसअघि प्रहरीले सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार, माङ र एक नाबालकलाई पक्राउ गरेको थियो।

उनीहरुले हाल पहिचान खुल्न नसकेकी अन्दाजी ३०र३५ वर्षकी युवतीको शव बोरा र तन्नामा प्याक गरेर बागमती नदीमा फालेको आरोप छ। शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन्। बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो।

बिज्ञापन

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो। मृत महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन।

-थप पढ्नुहोस्:

बागमतीमा बोराभित्र राखेर फालेको अवस्थामा महिलाको शव फेला, पाँच जना पक्राउ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते