नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला १ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।








