होमपेज > वैदेशिक रोजगारीका लागि इराक पुगेका चार नेपालीको मृत्यु

वैदेशिक रोजगारीका लागि इराक पुगेका चार नेपालीको मृत्यु

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट-२ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङ रहेका छन्।

बिज्ञापन

उनीहरुको सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण इराकको बगदाद, कुर्दिस्तान र सुलेमानियामा मृत्यु भएको हो। एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार मृतक नेपालीको शव तत्काल नेपाल पठाउनको लागि सम्बन्धित निकायमा खबर गरिएको छ। पछिल्लो समयमा अवैधानिक रूपमा इराक पुगेका नेपालीहरूको मृत्यु हुने सङ्ख्या बढ्दो रहेको उनले बताए। साथै दुतावास नभएकोले गर्दा नेपाल शव पठाउन कठिन रहेको उनको भनाइ छ।

बिज्ञापन

सरकारले इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै छ। यस्तो अवस्थामा नेपालीहरू समस्यामा पर्दा एनआर एन सहयोग लागि सदैव तयार उनको भनाइ छ। २०६१ साल भदौ ११ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ नेपालीको विभत्स हत्या गरेको थियो। त्यसपश्चात् नेपाल सरकारले इराक जानको लागि प्रतिबन्ध लगाएको थियो । पछिल्लो धेरै कमाई हुने प्रभोलनमा विशेष गरि घरेलु कामदारको रूपमा गैर कानुनी तरिकाले भारत हुँदै दुबईबाट इराकको कुर्दिस्तान , सुलेमानीया , बगदाद सहरमा घरेलु कामदारको लागि नेपाली महिलाहरू पुग्ने गरेका छन्।

एजेन्टहरुले करिब ३ हजार देखि ७ हजार अमेरिकन डलरमा बेचबिखन गरि महिलाकामदारलाई घरेलु काममा लगाउँदै आएको पाइन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते