होमपेज > दाङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

बिज्ञापन
बिज्ञापन

दाङमा गएराति मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका युवकको बिहीबार दिउँसो मृत्यु भएको छ।

बिज्ञापन

प्रहरीका अनुसार लमही नगरपालिका – ८ सतबरियाका ३३ वर्षीय गणेश चौधरीको बाँके, नेपालगन्जस्थित नर्सिङहोममा उपचार क्रममा मृत्यु भएको हो। गणेश बुधबार उनकै गाउँका ४२ वर्षीय एक व्यक्तिले चलाएको मोटरसाइकलमा बसेर आफ्नो घरठाउँतिरै जाँदै थिए। राति करिब सवा १० बजेतिर लमही– ७ नयाँबस्तीमा मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो।

बिज्ञापन

घाइते गणेशलाई उपचारका लागि सुरूमा लमही अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालन्जस्थित नर्सिङ होम लगिएको थियो। त्यहीँ उपचार क्रममा बिहीबार दिउँसो दुई बजेतिर गणेशको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।

धमलाका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते अवस्थामा बिहीबार बिहान मात्रै फेला परेका हुन्। गणेश र आफू ठाउँठाउँमा मदिरा सेवन गर्दै यात्रामा निस्किएको बयान उनले दिएका छन्।

बिज्ञापन

 

‘दुर्घटनास्थल क्षेत्रमा सडकको नाला निर्माणको काम भइरहेको छ,’ धमलाले भने, ुकिनारमा राखिएको ढुंगामा परेपछि मोटरसाइकल अनियन्त्रित भएर बन्दै गरेको नालामा परेको थियो। पछाडि सवार व्यक्ति गम्भीर घाइते भका थिए।ु

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते