होमपेज > आफन्तलाई खबरै नगरी रातारात २१ वर्षीया युवतीको दाहसंस्कार, घटना शंकास्पद

आफन्तलाई खबरै नगरी रातारात २१ वर्षीया युवतीको दाहसंस्कार, घटना शंकास्पद

बिज्ञापन
बिज्ञापन

सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ।

बिज्ञापन

आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो। प्रहरीका अनुसार घटना गत ९ फागुनको हो। २१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा काम गर्दै आइरहेकी थिइन्।

बिज्ञापन

गुप्ताका अनुसार उनी अचानक बिरामी परेपछि गत ९ फागुनमा चौधरीलाई इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालबाट शव बुझेर ल्याएका गुप्ताले आफन्तलाई खबर नै नगरी इटहरीस्थित बुढी खोला घाटमा लगेर दाहसंस्कार गरेका थिए। प्रहरीका अनुसार उनको दाहसंस्कार गर्न अन्य चार जनालाई मलामी पनि लगेका थिए।

दाहसंस्कारको भोलिपल्ट मात्रै चन्दाकी दिदी रिताले बहिनीबारे सोधीखोजी गरेकी थिइन्। बहिनीको मृत्यु भएको खबर नै नगरेपछि प्रहरीमा जाहेरी दिएको उनले बताइन्। ‘अरूले भनेपछि सोध्दा आफैं जलाएँ भन्ने कुरा आयो, हामीलाई गुप्ताले खबर नै गरेनन्,’ उनले भनिन् ,‘त्यसपछि प्रहरीलाई खबर गरेका हौं।’

बिज्ञापन

रिताका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि चन्दा गुप्ताको घरमा काम गर्न बसेकी थिइन्। गुप्ताले पहिलेदेखि नै शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार जाहेरीपछि गुप्ता पक्राउ परेका छन्। महिलाको मृत्युपछि गुप्ताले आफन्त र प्रहरीलाई पनि खबर नगरेको उनले बताए।

‘लास हेर्न पाइएन, पोस्टमार्टम पनि भएको छैन,’ उनले भने, ‘अस्पतालले जे खुलाउँछ, त्यही अनुसार अनुसन्धान अघि बढ्छ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते