नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ।
बिज्ञापन
मंगलबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ३ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, बिहिबार चाँदीको मूल्य पनि बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
बिज्ञापन








