होमपेज > घट्याे दालको मूल्य, प्रतिकिलो कति?

घट्याे दालको मूल्य, प्रतिकिलो कति?

बिज्ञापन
बिज्ञापन

बजारमा रहर दालको मूल्य घटेको छ। नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।

बिज्ञापन

संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ। १५ दिन अघिको तुलनामा रहरदाल प्रतिकिलो १० रूपैयाँले घटेको छ। फागुन १ गते बजारमा रहर दाल प्रतिकिलो एक सय ६० रूपैयाँ थियो। फागुन १५ गतेको तथ्यांक अनुसार रहर दाल एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिज्ञापन

त्यस्तै, मासको दाल पनि प्रतिकिलो पाँच रूपैयाँले घटेको छ। १५ दिनअघि प्रतिकिलो दुई सय पाँच रूपैयाँमा कारोबार भएको मासको दाल अहिले दुई सय रूपैयाँमा कारोबार भएको छ। मुसुर दालको मूल्य पनि घटेको छ। बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछ। १५ दिन अघि ती दाल क्रमशः प्रतिकिलो एक सय ७० र एक सय ६० रूपैयाँमा कारोबार भएकोमा अहिले एक सय ६५ र एक सय ५० रूपैयाँमा कारोबार भएको छ।

त्यस्तै, गेडा मुंग, छाटा मुंग र चनाको दालको मूल्य भने स्थिर छ। अहिले बजारमा गेडा मुंग प्रतिकिलो एक सय ७०, छाटा मुंग र चनाको दाल प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। दालको स्वदेशी उत्पादन नगन्य मात्रामा छ। भारत लगायत अन्य मुलुकबाट दाल आयात गरिँदै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते