नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य आइतबार तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको थियो।








