नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
बिज्ञापन
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
बिज्ञापन
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४९ पैसा थियो। यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा छ। त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ। आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३० पैसा छ।
त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
बिज्ञापन









