होमपेज > शेयरबजारमा उत्साह, २८ सय नाघ्यो नेप्से, ६ महिनायताकै उच्च विन्दुमा

शेयरबजारमा उत्साह, २८ सय नाघ्यो नेप्से, ६ महिनायताकै उच्च विन्दुमा

बिज्ञापन
बिज्ञापन

मौद्रिक नीतिको मध्यावधि समीक्षापछि नेपाल स्टक एक्सचेन्ज  (नेप्से) सूचकमा सकारात्मक प्रभाव परेको छ। बिहीबार नेप्से सूचकांक ४९.१५ अंकले बढेर २,८१५.०४ बिन्दुमा बन्द भएको हो।

बिज्ञापन

सूचकांकले ६ महिनापछि पहिलो पटक २,८०० बिन्दुको तह पार गरेको छ। यसअघि भदौ १७ गते २,८३०.२ बिन्दुसम्म पुगेको थियो। साथै बिहीबारको कारोबारसँगै नेप्से लगातार आठ दिन बढेको छ।

बिज्ञापन

बिहीबार १८६ कम्पनीका सेयर मूल्य वृद्धि भएका छन्। ५२ कम्पनीका सेयर घटेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी कारोबार गर्दै ९६४.७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच गरेको छ। नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले ७६४.२३ करोड रुपैयाँ तथा एनआरएन पूर्वाधार तथा विकास कम्पनीले ४६७.९५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ।

बिहीबार सबै कारोबार समूह हरियो रहेका छन्। सबैभन्दा धेरै वृद्धि बैंकिङ उपसूचकमा देखिएको छ। यो उपसूचक ३.३२ प्रतिशतले उकालो लाग्यो। म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ उपसूचक २.९१ प्रतिशत र जलविद्युत् उपसूचक १.८ प्रतिशतले वृद्धि भएका छन्। दैनिक कारोबार रकम पनि वृद्धि भएर ११.३९ अर्ब रुपैयाँ पुगेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते