होमपेज > ढकालको “छोरो गयो परदेश…” बोलको गीत सार्वजनिक (भिडियोसहित)

ढकालको “छोरो गयो परदेश…” बोलको गीत सार्वजनिक (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

गीतकार टिकाराम ढकालको गीत “छोरो गयो परदेश…” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

बिज्ञापन

डिजराज पौडेलको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा आज एक कार्यक्रमका बीच वरिष्ठ हास्य कलाकार एवं उक्त गीतमा प्रमुख भुमिकामा अभिनय गरेका नारद खतिवडाले सार्वजनिक गरेका हुन्। आर्या ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडियो निर्देशक कपिल कार्कीले निर्माण गरेका हुन भने भिडियोमा कलाकार नारद खतिवडा, दिपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टिकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतको अभिनय देख्न सकिन्छ।

बिज्ञापन

नेपाल सरकार, वैदेशिक रोजगार बोर्डको निर्देशक समेत रहेका ढकालको आफ्नै युट्युव च्यानल २म्जबपबत्च् िबाट रिलिज गरिएको उक्त गीतमा नेपालको वैदेशिक रोजगारीको वर्तमान अवस्था, सो सम्बन्धमा आम मानिसमा सिर्जना भएको धारणा र भाष्य लगायतको यथार्थता देखाउन खोजिएको छ भने गीतको अन्त्यमा वैदेशिक रोजगारप्रति निराशमात्र हुनु नपर्ने र सोबाट नेपालले गर्न सक्ने विकास एवं समृद्धि सम्बन्धी सकारात्मक सन्देश दिन खोजेको छ। गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार ढकालले भने – “म आफै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको कल्याणकारी कार्य गर्ने निकायमा कार्यरत रहेकोले वैदेशिक रोजगारीका समस्या, पीडा, वर्तमान अवस्था प्रत्यक्ष रुपमा नजिकबाट अनुभुति गरेको र भावी दिनमा यसको सकारात्मक असर देखिने समेत अनुभुत गरी सो विषयलाई सन्देशमूलक गीतबाट आम श्रोता तथा दर्शकमाझ पस्किने जमर्को गरेको” बताएका छन्। उनले निर्मित भिडियोलाई स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदि बहिनीहरुले हेरी श्येर गरिदिन समेत अनुरोध गरेका छन्। यस अघि उनले निर्माण गरेको ख्यालै ख्यालैमा भैयो बन्धकी बोलको गीत गत दशैंमा सार्वजनिक भएको थियो।

बिज्ञापन

कार्यक्रममा बोल्दै वरिष्ठ हाँस्य कलाकार नारद खतिवडाले वैदेशिक रोजगारीको वर्तमान अवस्थाले निराशावादी रहेका आम श्रोतालाई आशावादी बन्नेतर्फ सकारात्मक सन्देश दिएको र उक्त गीतमा ढकालसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्। गायक डिजराज पौडेलले आफुहरुले उक्त गीत मार्फत मनोरञ्जनात्मक तवरले सन्देश समेत दिन खोजेको र आफूले गाएका गीतहरु मध्ये उत्कृष्ट रहेको बताएका छन्। कार्यक्रममा म्युजिक भिडियो निर्देशक कपिल कार्की लगायतका निर्माण टिमको उपस्थिति थियो।

गीतको भिडियो हेर्ने लिंकः youtube.com/@DhakalTR

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते