होमपेज > भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ । काठमाडौँस्थित मक्र्युर होटेलमा एक कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो । कार्यक्रमलाई अझ विशेष बनाउन, भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स२०० प्रोलाई अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा नयाँ अध्यायको शुरुवात गरेको छ ।

बिज्ञापन

‘भिभो एक्स२०० प्रो’ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क कायम गर्दै जाइस् लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटीसँगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको दाबी कम्पनीले गरेको छ । लन्च कार्यक्रममा बोल्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले ‘एक्स२०० प्रो’ प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागी ल्याइएको बताए ।

बिज्ञापन

भिभोे–जाइस् सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउने विश्वास गरिएको छ । २०० मेगापिक्सेलको ‘जाइस् एपिओ’ क्यामेराले अद्वितीय तस्वीर अनुभव प्रदान गर्दै, जाइस् टि स्टार कोटिंग मार्फत जुम गरिएका तस्वीरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउँछ । पोट्र्रेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोग्राफी प्रेमीहरूलाई उन्नत अनुभव प्रदान गर्नेछन् । यसमा १/१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोट्र्रेट भिडियो क्षमता, १२० एफपीएस ‘स्लो मोसन’ र ४ के ६० एफपीएस डल्बी भिजन डल्बी भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई थप आकर्षक र प्रभावशाली बनाउँछ ।

भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ, जसले उच्च कार्यक्षमता प्रदान गर्छ । १२–कोर जीपीयूको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ । यसमा ६००० एमएएच ब्याट्रीसहित, ९० वाट फ्याल्स चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ, जसले द्रुत चार्जिङ अनुभव प्रदान गर्छ । थप रूपमा, तेस्रो–पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी–सोलिड ब्याट्री टेक्नोलोजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट ब्याट्री प्रदर्शन सुनिश्चित गर्छ ।

बिज्ञापन

भिभो एक्स २०० प्रोलाई एआई सक्षम स्मार्टफोनको रूपमा डिजाइन गरिएको छ, जसमा गुगल जेमिनी एआई प्रविधि समाबेश छ, जसले इमेल लेखन र सिकाइका अवसरहरू सहज बनाउँछ । एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टु सर्चजस्ता सुविधाले खोजी प्रक्रियालाई तीव्र बनाउँछ, जबकि एआई ईरेज, फोटो इन्ह्यास र स्याडो रिमुवलले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउँछ । फनटच ओएस १५ मा सञ्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप राखिएको छ, जसले लक स्क्रिन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्छ । साथै, ‘सेफ डेटा पर्ज’ फिचरले व्यक्तिगत जानकारी पूर्ण रूपमा मेट्न सक्ने सुविधा प्रदान गर्छ।

भिभो एक्स २०० प्रोको प्री–बुकिङ मार्च ५ सम्म खुला रहनेछ, जसको मूल्य रु. १,८४,९९९ निर्धारण गरिएको छ । प्री–बुकिङ गर्ने ग्राहकहरूलाई लागि रु. १०,००० क्यासब्याकको सुविधा उपलब्ध हुनेछ । यो स्मार्टफोन मार्च ६ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइन मार्फत बिक्री सुरु हुनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते